Saturday 14 August 2010

फेसबुकको जन्म र न्वारान

'फेसबुक' हिजोआज चल्तीको प्रविधि बन्न पुगेको छ । यससँग कसको नाम जोडिएको छैन आम मान्छेदेखि राष्ट्रिय पहिचान बनाएका 'बडेबडे' मान्छेहरुका नाममा फेसबुकको अकाउन्ट खोलिएको छ । कस्तोसम्म भएको छ भने आजकल फेसबुक नचलाउनु झन्डैझन्डै लज्जाको विषय बन्न पुगेको छ । त्यसो भए आखिर के हो त फेसबुक ?

फेसबुक अनलाइनको दुनियाँमा सूचना प्रवाहको सर्वाधिक लोकपि्रय सामाजिक साजाल हो । हाल यसका ४० करोडभन्दा बढी सकि्रय सदस्यहरु छन् । यसको सदस्य बन्नु भनेको साथीहरुको एउटा विशाल संसारमा प्रवेश गर्नु हो । यसमा आफ्ना या अरुका विचारहरुमाथि अनौपचारिक रुपमा 'कमेन्ट' गर्न सकिन्छ । अथवा यसो भनौं यो अन्तकिर््रयाको सहज माध्यम बन्न पुगेको छ । त्यसैले यो लोकपि्रय पनि बन्न पुगेको छ । त्यसबाहेक सामान्य इमेल अकाउन्टहरुमा भन्दा धेरैगुणा बढी सुविधा यसमा रहेका छन् । जस्तो कि यसमा निकै ठूलो अनुपातमा फोटो तथा भिडियोहरु 'अपलोड' गर्न सकिन्छ त्यो पनि निःशुल्क ।

फेसबुक बनाउने व्यक्ति मार्क जक्करबर्ग हुन् । उनी आजभन्दा २६ वर्षअघि अमेरिकाको न्युयोर्कमा जन्मिएका थिए । उनले हवार्ड विश्वविद्यालयका आफ्ना तीन सहपाठीहरु इडुवार्डे सेभरिन डस्टिन मास्कोभिट्ज र कि्रस ह्युजको सहयोगमा फेसबुक बनाएका हुन् । अहिले उनी ४ अरब अमेरिकी डलर व्यक्तिगत सम्पत्तिसहित संसारकै सबैभन्दा धनी युवा हुन् ।

जक्करबर्गले सानै उमेरमा कम्प्युटर प्रोग्रामिङ गर्न सुरु गरेका थिए । स्कुलमा पढ्दापढ्दै उनले केही गेम उनको बाबुको अफिसका लागि कम्युनिकेसन प्रोग्राम र synapse नामको स्रोताको सुन्ने बानी थाहा पाउने (artificial intelligence) सहितको म्युजिक प्लेयर बनाइसकेका थिए । त्यसपछि माइक्रोसफ्टले जक्करबर्ग र synapse लाई लिने प्रस्ताव गर्यो तर त्यसलाई अस्वीकार गरेर उनी हवार्ड विश्वविद्यालयमा भर्ना भए । जक्करबर्गले हवार्ड छात्राबासको कोठाबाट प्रेुबुअरी ४,२००४ मा पहिलोपटक फेसबुक अपलोड गरे । सुरुमा फेसबुक हवार्डका विद्यार्थीहरुबीच सीमित थियो । त्यसपछि यसलाई सबै कलेजहरुबीच विस्तार गरियो । पछि यसलाई माध्यमिक तहका विद्यार्थीहरुबीच विस्तार गरियो र अहिले १३ वर्षभन्दा माथिका जोकोही फेसबुकको सदस्य बन्न सक्छन् ।

यसको नाम चाहिँ कसरी फेसबुक रहन पुग्यो त्यो कुरा पनि कम्ता रोचक छैन । जक्करबर्ग फिलिप्स ए_िक्सटर एकेडेमीमा पढ्दा प्रायः शैक्षिक संस्थाहरुले विद्यार्थीको फोटो सङ्काय ठेगाना आदि समेटेर 'फेसबुक' नामक एनुअल स्टुडेन्ट डाइरेक्टरी प्रकाशित गथ्र्यो । त्यसैबाट प्रभावित भएर जक्करबर्गले आफ्नो वेबसाइटको डोमेन नेम facebook.com राखेका हुन् ।

विभिन्न विषयलाई लिएर फेसबुकको आलोचना पनि भएका छन् । प्रयोगकर्ताका कतिपय व्यक्तिगत सूचनाहरु अरुलाई देखाइदिएको प्रयोगकर्ताले सबै सामग्रीहरु नहटाई आफ्नो अकाउन्ट बन्द गर्न नपाएको र सम्पत्तिसम्बन्धी अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेकोलगायतका आरोपहरु फेसबुकलाई लागेको छ । फेसबुकलाई पाकिस्तान सिरिया चीन भियतनाम र इरानलगायतका देशहरुमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी कामदारहरुले समयको दुरुपयोग नगरुन् भनेर पनि यसलाई विभिन्न ठाउँमा प्रतिबन्ध लगाइएको छ ।

फेसबुकमाथि लागेका आरोपहरुबारे यसका साचालकहरुका आधिकारिक धारणा के हो त्यो जान्न पाइएको छैन । त्यो कुरा आफ्नो ठाउँमा छ तर यसमाथि लागेका आरोपहरुबारे भने हामी आफैं पनि होसियार हुनुपर्छ । कतै हाम्रो सूचना पनि दुरुपयोग पो भइरहेको छ कि ! 

(नोट : नवयुवा मासिकको 'प्रविधि' स्तम्भको लागि तयार पारिएको सामग्री)